sevenstartv.com २० वैशाख २०८३, आइतवार

विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको मन्त्री दाहालको तर्क

सडक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको जिकिर

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासको मोडेलमा परिवर्तन गर्न नसक्दा योजनावद्ध विकास हुन नसकेको बताएका छन् । 

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री दाहालले विकास निर्माणका काम अगाडि बढाउन प्राथमिकता निर्धारण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले विकास निर्माणका आयोजनाको सन्दर्भमा जनघनत्व र उपभोक्ताको आधारमा प्राथमिकता निर्धारण गर्नुपर्ने बर्ताका हुन् । 

मन्त्री दाहालले मुलुकलाई समृद्ध बनाउन स्थानीय उत्पादन शहरसम्म पु¥याउन आवश्यक सडक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेकोसमेत बताए । उनले भारतसँगको नाकामा नेपाली नागरिकको सहज पहुँच भएको उल्लेख गर्दै चीनसँगका नाकाबाट सहज रुपमा वस्तुको आयात र निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्