sevenstartv.com २० वैशाख २०८३, आइतवार

सरकारले प्रभावकारी काम नगरे देश थप अफ्ठ्यारोमा पर्ने कांग्रेस नेता कोइरालाको तर्क

निर्वाचनअघि महाभिवेशन नगरे पार्टीलाई थप क्षति हुने चेतावनी

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले प्रभावकारी काम गर्न नसके देश थप अफ्ठ्यारोमा पर्ने बताएका छन् । 

बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेता कोइरालाले मुलुकमा सुशासन कायम नभएको र आर्थिक अवस्थामा सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले पार्टीको १५ औँ महाधिवेशनका विषयमा विभिन्न चर्चा भइरहेको भन्दै समयमै महाधिवेशन गर्ने वातावरण सुनिश्चत गर्न सबै लाग्नुपर्ने बताए । उनले कांग्रेस आजका दिनसम्म एक ढिक्का रहेको भन्दै अब महाधिवेशन समयमा नगर्ने विषयले पार्टीलाई पनि क्षति गर्ने तर्क गरे ।

कोही पनि पार्टी विधान र संविधानभन्दा बाहिर जानु नहुने उनले बताएका छन् । ०८४ को निर्वाचन अघि नै महाधिवेशन नगर्ने र नयाँ नेतृत्व चयन नगर्ने हो भने पार्टीलाई थप क्षति हुने उनले जिकिर गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्