संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनु पर्छ : वामदेव गौतम
काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संशोधनमार्फत संविधानबाट दलित शब्द हटाउनुपर्ने बताएका छन् ।
आज संसदको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले सैले पनि भेदभाव गरे उनीहरुमाथि कारबाही हुनुपर्ने बताएका हुन् ।
उनले दाचार नीति विद्यालय, गैरसकारकारी संस्था, प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका लागि पनि जारी गर्नुपर्ने बताएका छन् । उनले नेपाल र नेपाली जनतालाई साँच्चिकै माथि उठाउन र सांस्कृतिक रुपले उन्नत, सभ्य बनाउन चाहेको भए परिवारका लागि पनि सदाचार नीति जारी गर्नुपर्ने बताए ।
