sevenstartv.com २० वैशाख २०८३, आइतवार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित भएको हो । एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक आज  सुरू हुँदै थियो । पोलिटब्युरो सदस्य सापकोटाको निधन भएपछि बैठक रोकिएको बताइएको छ ।

उनी पार्टीको बागमती प्रदेशको सहइन्चार्जसमेत थिए । सापकोटा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे-४ बाट निर्वाचित भएका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्