पार्टी संगठनभित्र दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको पृथ्बीसुब्बा गुरुङकाे आरोप
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनभित्र दक्षिणपन्थी अवसरवाद मौलाउँदै गएको आरोप लगाएका छन् ।
बुधबार प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको अधिवेशनमा सञ्चारमन्त्री गुरुङले संठनका सदस्यहरु अनुशासनमा नबस्ने र विभिन्न बहानामा आवश्यक कारबाही गर्ने प्रवृत्ति बढेको बताएका हुन् ।
उनले आफूले सपथ खुवाएको र आफन्त भएको र नातागोता पर्ने बहानामा अनुशासन विपरित काम गर्ने संगठित सदस्यलाई कारबाही नगर्ने उदारवादको प्रवृत्तिको विकास हुँदै गएको जिकिर गरे । खराब व्यक्तिलाई समयमै निकाल्न नसके संगठन ध्वस्त हुने उनको भनाइ छ ।
