sevenstartv.com २० वैशाख २०८३, आइतवार

सभापति देउवा भारत भ्रमणमा जाने

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् । 

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा सभापति वक्ताको रुपमा सहभागी हुने बताइएको छ । कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी हुने बताइएको छ । 

समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको छ । ४५ दिन चलेर १४ फागुनमा कुम्भ मेला सकिँदैछ । यसअघि कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसीलगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्