sevenstartv.com २० वैशाख २०८३, आइतवार

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी हामीले यो विधेयक ल्याएका छौं'

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धी) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी आएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो विधेयक पीडितमैत्री रहेको पनि बताएका हुन् । 

प्रमुख सचेतक बर्तौलाले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी हामीले यो विधेयक ल्याएका छौं । आज यहाँ जो कानून प्रतिवेदनसहित पेश भएको छ। यसले पीडितलाई बेवास्ता गरेका छैन । सशस्त्र द्वन्द्वका सबै पीडितलाई यो कानूनले समेटेको छ। उसलाई न्यायको तहमा ल्याएको छ । अन्तराष्ट्रिय कानूनलाई यसले समेटेको छ । सुप्रिम कोर्टको अर्डरलाई यसले नजिरको रुपमा स्वीकार गरेको छ। सबै कुराहरु यसमा हामीले भनेका छौं। यो पीडितमैत्री छ। मुलुकमा शान्ति प्रक्रियामा निष्कर्षमा नपुगोस् भन्नेहरु पनि छन् । त्यसतर्फ सचेत रहनुपर्दछ ।’

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्