प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति डा.रामवरण यादव
काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरेका हुन् ।
पूर्वराष्ट्रपति यादवले भने, ‘यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढङ्गबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।’
