एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो ।
मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो । बैठकले प्रतिवेदनसहित सातवटा प्रस्ताव अनुमोदन गरेको छ । प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यदरूबीच छलफल चल्ने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । प्रतिवेदन बिहीबार शुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।
बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत हुने अन्य विविध विषयमा पनि छलफल चलिरहेको छ । आजै दिउँसो १२ बजे पोलिटब्यूरो बैठक पनि बस्दैछ । यो बैठकमा पनि केन्द्रीय कमिटी बैठकमा अनुमोदन हुने विषयमा छलफल हुनेछ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ ।
