sevenstartv.com २० वैशाख २०८३, आइतवार

भारतमा नेपाली छात्रा मृत्युको विषयमा निष्पक्ष छानबिन गर्न सांसद्हरुको माग

नेपाली विद्यार्थीमाथि गरेको व्यवहार र कलेज प्रशाशनका अभिव्यक्तिप्रति खेद व्यक्त

६ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा भारतमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका छन् ।

रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो । उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीलाई दुव्र्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ ।

सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइका हुन् । आकस्मिक तथा शुन्य समयमा बोल्ने सांसदहरुले लम्सालको मृत्युबारे कुरा उठाएका हुन् । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए । 

लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग पनि गरेका छन् । यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको  समेत सा।सदहरुको टिप्पणी छ । साथै उनीहरुले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्