'कुटनीतिक रूपमा सरकार असफल'
काठमाडौं । नेकपा माओवादी केन्द्रले कुटनीतिक रूपमा सरकार असफल भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्रका सांसद् माधवप्रसाद सापकोटाले भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय हत्या र त्यसपछि विकसित घटनाक्रमलाई हेर्दा सरकार कुटनीतिक रूपमा असफल भएको देखिएको बताएका हुन् ।
‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्मय मृत्युपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले गरेको न्यायको आन्दोलनमा जुन अपमानजनक, अमानवीय व्यवहार गरियो । यसले सिंगै नेपाल र नेपालीमाथि धावा बोलेको छ,’ सांसद् सापकोटाले भने, ‘सरकारको कुटनीतिक असफलताको कारण नेपाली जनताले समस्याको सामना गरिरहनुपरेको छ ।’
