sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुवै सदनको बैठक बस्दै

६ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसद्को अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएको छ ।

 प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै मन्त्री भण्डारीले विद्युतीय व्यापार ९ई कमर्स० विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने पनि संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०९८१ को ६५ औँ वार्षिक प्रतिवेदन पेश गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्