sevenstartv.com २० वैशाख २०८३, आइतवार

परराष्ट्रमन्त्री डा. आरजु राणा र ओमानका विदेशमन्त्री हमूद अलबुसाइदीबीच द्विपक्षीय भेटवार्ता

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अलबुसाइदीबीच सोमबार मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । 

आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा परराष्ट्रमन्त्री डा. देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच आज सो भेटावर्ता भएको हो । त्यस अवसरमा मन्त्री डा. देउवाले सो सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गरेकी छन् । 

साथै भेटका क्रममा नेपाल–ओमान सम्बन्धका विविध पक्षका साथै दुई देशबीचका विभिन्न क्षेत्रहरूमा सहकार्यको प्रवद्र्धनका उपायहरूका बारेमा पनि छलफल भएको थियो ।  भेटका क्रममा मन्त्री डा. देउवाले नेपालमा दूताबास स्थापना गर्न तथा ओमन काठमाडौँ सीधा हवाई उडान सुरु गर्न ओमन सरकारसँग आग्रह गरीन् । 

यसै सन्दर्भमा नेपाल र ओमानबीच कूटनीतिक अध्ययन र तालिमका क्षेत्रहरूमा सहकार्य गर्ने सम्बन्धी समझ्दारीपत्रमा पनि हस्ताक्षर भएको छ । यस सम्झौताले कूटनीतिक तालिम र कूटनीतिक क्षेत्रका सूचना आदानप्रदानमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्