sevenstartv.com २० वैशाख २०८३, आइतवार

'युवालाई नेपालमै अवसर छ'

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै पर्याप्त अवसर रहेको सन्देश युवा पुस्ताले नै दिनुपर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको बताएका हुन् । 

उनले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताए । मन्त्री सिंहले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्