सरकार दलाल पुँजीपति र विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढेको अध्यक्ष नेपालको आरोप
विपक्षीको दवावले सरकार अध्यादेशबाट पछि हटेको जिकिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गलत बाटोमा हिँडिरहेको तर्क गरेका हुन् । उनले संसदीय समितिमा विचाराधिन विधेयक फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकार अघि बढेको टिप्पणी गरे ।
कानुनको रक्षक हुनुपर्ने सरकार आफैं भक्षक बनेको उनको आरोप छ ।
.
