sevenstartv.com २० वैशाख २०८३, आइतवार

राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ । 

आइतबार बसेको राष्ट्रियसभाको बैठकले विधेयकलाई सर्वसहमतिले पारित गरेको हो । बैठकमा सरकारको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरूले छलफल गरेका थिए । 

सांसदहरूको छलफलपछि विधेयकलाई उर्जामन्त्री खड्काले पारित गर्न प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले सर्वसहमतिले पारित गरेको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्