sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ । सांसद्हरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन् । आजको बैठकमा अरू तीन कार्यसूची पनि छन् ।  संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समुह ८ मा रहेका सांसद्हरुले प्रश्न सोध्नेछन् । बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन् ।

राष्ट्रिय गौरवका आयोजना र प्राथमिकताप्राप्त आयोजना समयमै नसक्ने, लागत बढ्ने र लामो समय उपयोग गर्न नपाउने लगायतका समस्या समाधान गर्न सरकारले गरेको तयारीबारे सांसदले प्रश्न राख्नेछन् । 

त्यसैगरी १ सय ६५ निर्वाचन क्षेत्रमा तामझामका साथ सिलान्यास गरिएका रणनीतिक सडक र बजेट अभावमा अलपत्र परेका पालिका अस्पताललगायतबारे पनि प्रश्न प्रधानमन्त्रीका लागि सांसदले पठाएका छन्। अर्थतन्त्रमा शिथिलता आएको, पुँजीगत खर्च हुन नसकेको भन्दै समग्र मुलुकको अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताबारे पनि सांसदले सोध्नेछन् ।

विगतका सरकारले विश्वविद्यालयमा कायम गरेको मेरिटोक्रेसिप्रति वर्तमान सरकारले ध्यान नदिएको र दलीयकरण र हस्तक्षेप गरेको भन्दै सुधारका लागि सरकारले गर्ने कामबारे पनि सांसदले सोध्ने जनाइएको छ।  सरकारले ल्याएको विवादित अध्यादेशका विषय पनि सांसदहरूले प्रश्न गर्नेछन्। र, सांसदले उत्तर दिनुपर्नेछ । 

यी प्रश्न प्रधानमन्त्री स्वयंले पनि पटकपटक जवाफ दिइसकेका विषय पनि हुन्।  सांसद्ले अग्रिम र लिखित रुपमा संसद् सचिवालयमार्फत् बुझाउने प्रश्नमा प्रधानमन्त्रीले जवाफ पनि अग्रिम रुपमै तयारी गरेर संसद्मा जवाफ दिनेछन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्