sevenstartv.com २१ वैशाख २०८३, सोमवार

लिखु गा.पा का वडा नं ६-९ सम्मका सेवाग्राहीले ईलाका प्रशासन कार्यालयबाट सेवा लिन पाउने

२ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै कार्य क्षेत्र विस्तार गरेको छ ।

अत्याधिक मात्रामा कायभार परेको भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाकोे लिखु गाउँपालिकाका केहि वडाका सेवाग्राहीलाई अयन्त्रबाट सेवा लिने व्यवस्था गरेको छ ।  लिखु गाउँपालिकाको वडा नं ६, ७, ८ र ९ सम्मका सेवाग्राहीहरुलाई ईलाका प्रशासन कार्यालय खिजीफँलाटे ओखलढुंगाबाट सेवा लिन अनुरोध गरेको हो ।

शुक्रबारको गृहमन्त्रीस्तरको निर्णय अनुसार कार्यक्षेत्र विस्तार भएकोले सोही अनुसारको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । भौगोलिक हिसाबले पनि सहज हुने देखिएको हुँदा लिखु गा.पा.६ देखि ९ सम्मका सेवाग्राहीहरुलाई ईलाका प्रशासन कार्यालय खिजीफँलाटेमा सेवा लिन अनुरोध गरिएको हो । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्