sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संघीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति राज्य व्यवस्था समितिमा सहमति

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामति सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संघीय निजामती सेवा विधेयक माथिको दफावार छलफलका क्रममा उक्त सहमति गरेको हो । 

हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा विधेयकको दफा ६ मा निजामती सेवा १४औं तहसम्म रहने गरी व्यवस्था गरिएको छ । कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित सहमति भएको समितिले जनाएको छ । 

समितिले विधेयकलाई संसदको यही अधिवेशनभित्र पास गर्नेगरी समितिले दफावार छलफल चलाएको जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्