शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको मन्त्री पाण्डेकाे आरोप
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाएका हुन् ।
उनले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको बताए । कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताएका छन् ।
मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरुबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको बताए । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल सुरु भएको भन्दै उहाँले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताएका छन् ।
