sevenstartv.com २१ वैशाख २०८३, सोमवार

व्यवस्था परिवर्तन पछिको उपलब्धिलाई संस्थागत गर्नुपर्ने उपप्रधानमन्त्री सिंहको भनाई

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले व्यवस्थाका उपलब्धिहरूलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । 

नेपाली कांग्रेस मकवानपुरले विहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताए । आर्थिक समृद्धिलाई नागरिकहरूले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उनको भनाई छ । मन्त्री सिंहले नागरिकहरूको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताए ।

नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही ट्र्याकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको बताए । वर्तमान समयमा नागरिकहरूले रोजगारी र विकास निर्माणको अपेक्षा गरिरहेको र बिदेसिने वातावरणको अन्त्य चाहेको उनको भनाइ छ । सो चाहना अनुरूप सरकारले काम गरिरहेको बताएका छन् । पार्टी भित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरूसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन उनले निर्देशन दिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्