मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद् अशिम शाहले उक्त विषयमा आवाज उठाएका हुन् ।
‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन । पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन् ।’ उनले भने मन्त्रीहरूले कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने सोच राखेको छ भन्दै प्रश्न गरे ।
उनले भने, ‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त रु तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस् ।’
