sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रतिपक्षी दलहरूले सरकारलाई सराप्नेबाहेक केही काम गर्न सकेका छैन् : अमृतादेवी अग्रहरी

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेकी सांसद् अमृतादेवी अग्रहरीले प्रतिपक्षी दलहरूले सडकदेखि सदनसम्म सरकारलाई सराप्नेबाहेक केही काम गर्न नसकेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमामा उनले अनावश्यक हल्ला गरेर केही नहुने बताएकी हुन् । 

‘६ महिनादेखि सडक देखि सदनको रोस्टमसम्म सरकारलाई सराप्ने र विरोध गर्ने बाहेक विपक्षीले केही सुनेको छैन‚’ उनले भनिन् । सांसद अग्रहरीले विरोधको राजनीतिक खेतीपाती बन्द गरेर सरकारले गरेको जायज कुरामा सहयोग गर्न प्रतिपक्षलाई सुझाव दिइन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्