तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौं । तीन वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
बिहान ११ बजे नै बस्ने बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने छ । बैठकमा सिमेन्ट लगायतका निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या समाधानको सम्बन्धमा प्राप्त सुझावमा केन्द्रित रहेर छलफल हुनेछ।
