निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा नरहने महामन्त्री थापाको तर्क
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् ।
सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने जिकिर गरेका हुन् । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा अर्को पार्टीको चुनाव चिन्हमा मत हाल्न संभव नहुने उनको तर्क छ ।
निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको पनि उनले बताए ।
