sevenstartv.com २१ वैशाख २०८३, सोमवार

संक्रमणकालीन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न माओवादी उपाध्यक्ष श्रेष्ठको माग

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठले राजनीतिक सहमतिको आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिस समिति गठन गर्न सरकारसँग माग गरेका छन् । 

द्वन्द्वपीडितले अझै पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै श्रेष्ठले शान्ति प्रक्रिया छिटो टुंगो लगाउन त्यस सम्बन्धी आयोगमा छिटो पदाधिकारी नियुक्त गर्नुपर्ने बताएका हुन् । आज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज आयोजित पार्टीको नगर सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले सो धारणा राखे । 

यसअघि सरकारले दुईवटा आयोगमा पदाधिकारी नियुक्तिको सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरे पनि त्यो समितिले सहमति नजुटेको भन्दै सिफारिस गर्न सकेको थिएन । त्यसैले अर्को सिफारिस समिति तत्काल गठन गर्नुपर्ने श्रेष्ठको धारणा छ । 

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने भए पनि उक्त काम पूरा नगरेर तरबार झुण्डाइरहने काम भएको उनको टिप्पणी छ । श्रेष्ठले संविधानको रक्षा, शान्ति प्रक्रियाको पूर्णता र सामाजिक आर्थिक रुपान्तरण अहिलेको मुख्य कार्यभार भएको भन्दै श्रेष्ठले ती कार्यभार छिटो पूरा गर्नुपर्ने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्