राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : सुमना श्रेष्ठ
काठमाडौं । रास्वपा सांसद् सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एक जना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी हुन् ।
प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन् ।
