सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ : विराजभक्त श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयकलाई लिएर केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले सामाजिक सञ्जाल विधेयकका नाममा सरकार आलोचकहरू र नागरिकलाई जेलमा हाल्ने अभियानमा रहेको बताएका हुन् ।
‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल विधेयक पास भएपछि थुनेर राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ’, उनले भने, ‘सरकार नागरिकलाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्की दिइरहेको छ । के झुटो आश्वासन दिने, भ्रम फैल्याउने असम्भव कुरालाई पूरा हुन्छ भनेर वाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति दिने हो ?’
उनले यो विधेयक न्यायका लागि भन्दा आलोचकको मुख थुन्न ल्याउन लागिएको पनि बताए ।
