sevenstartv.com २१ वैशाख २०८३, सोमवार

काठमाडौं महानगरपालिकाले मजदुरमाथि ज्यादती गरेकाे छ : अमरेशकुमार सिंह

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । स्वतन्त्र सांसद् डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई हिटलरको संज्ञा दिएका छन् । सोमबारको प्रनिनिधिसभा बैठकमा उनले आइतबार काठमाडौंको टेकुस्थित एक कवाड व्यवसायमाथि भएको धरपकडलाई लिएर बालेनमाथि आक्रोश पोखेका हुन्  ।

‘हिटलरबाट कुनै समय जर्मनीमा नाजीवाद लादिएको थियो । कवाडी व्यवसायीमाथि डोजर चलाएर मजदुरमाथि ज्यादती गरिएको छ’, उनले भने, ‘महानगरको धरपकड र आक्रमणका कारण तीनजना मजदुर गम्भीर घाइते भएका छन् । त्यहाँ मुस्लिम, मधेसी सबै थिए । रौतहटका रञ्जन रौनियारसहितको गम्भीर अवस्थामा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’

उनले कवाड व्यवसायीमाथि गरिएको आक्रमणलाई लिएर हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन पनि बालेनलाई चुनौती दिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्