sevenstartv.com २१ वैशाख २०८३, सोमवार

ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता हुँदैन : प्रचण्ड

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताएका हुन् । उनले अध्यादेश राष्ट्रिय सभामा बहुमत पुर्‍याउन नसक्दा अघि बढ्न नसकेको बताए ।

उनले भने, ‘अहिले स्थिति त्यति सहज हुँदै गइरहेको छैन। सदन शुरु भएको छ। सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन्। तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला। त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन। सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो। राष्ट्रिय सभामा बहुमत पुर्‍याउन पनि कठिन छ। राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ। एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्