sevenstartv.com २१ वैशाख २०८३, सोमवार

वर्तमान समय देश विकास गर्ने अनुकुल समय रहेको पूर्वराष्ट्रपति भण्डारीकाे भनाई

२५ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताएकी हुन् । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने उनको भनाई छ । 

पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने रु भन्नेमा सोच्न जरुरी रहेको बताइन् । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न, देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन र राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपर्ने बताइन् । 

रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताउनु भयो । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नुपर्नेमा जोड दिएकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्