sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको रक्षामन्त्रीको भनाई

२५ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रक्षामन्त्री मानवीर राईले सैनिक सामग्री खरिद एवं व्यवस्थापन, बंकरदेखि ब्यारेक कार्यक्रम र राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा लक्ष्य बमोजिम प्रगति भएको बताएका छन् । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विपद् प्रतिकार्यमा नेपाली सेनाको सक्रियता र भुमिका उल्लेखनिय रहेको बताएका हुन् । उनले काठमाडौं-तराई-मधेस द्रुत मार्ग सडक आयोजनाको शुरु बिन्दु यथाशिघ्र निर्माण गर्नको लागि सरोकारवालाबीच समन्वय भइरहेको बताए ।

उनले खरिद प्रक्रियालाई कानूनसम्मत एवं पारदर्शी हिसावले अघि बढाउनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम द्रुत मार्गको गुणस्तर कायम गर्न निर्माण पूर्व र निर्माणको क्रममा प्रयोग हुने सामग्री लगायत निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने विषयमा विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्