sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो : विनीता कठायत

२५ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । रास्वपा सांसद् विनीता कठायतले सहकारी पीडितको बचत रकम फिर्ता कहाँ पुग्यो भनेर सरकारसँग प्रश्न गरेकी छन् ।  

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद् कठायतले सरकार गठन भएको पनि ६ महिना भैसकेको भन्दै राज्यले प्रतिशोध साँधेर माननीय रवि लामिछानेलाई ८४ दिनसम्म हिरासतमा पनि राखे पनि सहकारी पीडितले रकम नपाएको भन्दै रविलाई जिल्ला घुमाउँदैमा पीडितको रकम फिर्ता हुन्छ भनेर प्रश्न गरेकी हुन् । 

‘सहकारी समस्या समाधान भयो त रु’, सरकारलाई प्रश्न गर्दै उनले भनिन्, ‘म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बचतकर्ताको ३ सय अरब रकम हिनामिना भएको भनिएको छ । पीडित बचतकर्ताको रकम फिर्ता गर्ने कुरा कहाँ पुग्यो ?’ कठायतले सरकारले पीडितलाई न्याय दिने भन्दा पनि सभापति रवि लामिछानेलाई प्रतिशोध साध्ने हिसाबले बयानका नाममा जिल्ला जिल्ला घुमाइएको आरोप लगाइन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्