रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सदनमा लगाइएको निलम्बन फुकुवा गर्न माग गरेको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कार्यवाहक सभापति तथा सांसद डीपी अर्यालले उक्त माग गरेका हुन् । उनले भने, ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन फुकुवा गर्न माग गर्दछु ।’
अर्यालले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँध्दा सदनले पनि त्यसलाई समर्थन गरेको अनुभूति भएको बताए । साथै यसको मूल्य चुकाउनुपर्ने उनले बताए ।
