sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

२५ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् ।  

विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको सात महिना बित्न लाग्दासमेत प्रदेश सरकारहरुको पूँजीगत खर्चको अवस्था सन्तोषजनक छैन ।

अर्कोतर्फ तारन्तार हुने प्रदेशस सचिव परिवर्तन, आवश्यक कानुनको अभाव लगायतका कारणले पनि प्रदेश सरकारले गरेका काम प्रभावकारी देखिन सकेका छैनन् ।झण्डै एक घण्टा मुख्यमन्त्रीहरुसँगको छलफलपछि प्रधानमन्त्री ओली दिउँसो २ बजे संगरमाथा संवादको तयारी बैठकमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्