sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने तर्फ शहरी विकासमन्त्री सिंहद्धारा सचेत

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौंं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले गैरजिम्मेवारपूर्ण गतिविधिले प्राप्त अधिकार गुम्ने खतरा रहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफ्नो अधिकार गुम्ने गतिविधि गर्न नहुनेतर्फ सचेत गराएका हुन् । उनले वर्तमान सरकार नेपाली काँग्रेस र नेकपा एमाले लगायतका राजनीतिक दलहरु मिलेर बनेको भन्दै जनताको अधिकारका लागि लडेका पार्टीहरुबाट जनताका अधिकार खोस्ने काम नहुने बताए ।

उनले संविधान संशोधन गर्दा अधिकार कटौति गर्नेकुरा नहुने बताए । उनले संविधान कार्यान्वयनमा भएका समस्याहरु हटाउन संविधान संशोधन हुने बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्