आन्दोलनरत पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् गोमादेवी तिमिल्सिनाले पशुपति क्षेत्र विकास कोषमा कार्यरत अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारीहरुको यथाशिघ्र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा उहाँले पशुपति क्षेत्र विकास कोषका कर्मचारी निरन्तर आन्दोलनमा भएपनि सरकार गम्भिर नभएको बताएकी हुन् । उनले अदालतले श्रमिकका पक्षमा फैसला गरेको भएपनि सरकारले चासो नदिएको बताएकी छन् ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद् जगतबहादुर पार्कीले डडेलधुरको परशुराम नगरपालिकामा छोटिभन्सार कार्यालय स्थापना गर्न माग गरेका छन् । उनले परशुराम धाम नजिकै रहको छोटि भन्सार कार्यालय संघीयता आएसँगै खारेज भएकाले स्थानीय प्रशासनबाट आम उपभोक्ता प्रताडित भएको बताए । उनले तत्काल छोटि भन्सार कार्यालय स्थापना गर्न माग गरेका छन् ।
