sevenstartv.com २१ वैशाख २०८३, सोमवार

रवि लामिछानेको थुनछेक बहस सुरु

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो । आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको हो । 

रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।

थुनछेक बहस सकिएमा न्यायाधीशले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे निर्णय लिने छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्