sevenstartv.com २१ वैशाख २०८३, सोमवार

बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण निवेदनकाे पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने फैसलाविरुद्ध उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उच्चले जिल्लाकै फैसलालाई सदर गरेपछि झा माघ २ गते  सर्वोच्च अदालत गएका थिए । 

माघ ३ गते सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले झाको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा झाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्