sevenstartv.com २१ वैशाख २०८३, सोमवार

खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड म्याग्दीमा

२२ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज म्याग्दीको सदरमुकाम बेनीमा खबरदारी सभा गर्ने भएको छ ।

दिउँसो हुने सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी हुन दाहाल सोमबार पोखरा हुँदै म्याग्दीको बेनी पुगेका हुन् । अध्यक्ष दाहालसँगै नेताहरू दिनानाथ शर्मा, हरिराज अधिकारीलगायत रहेका छन् ।

अध्यक्ष दाहालले आज बिहान स्थानीहरूसँग जिल्लाको विकास निर्माण र आयोजनाहरूका बारेमा छलफल गरेका छन् । स्थानीयले तातोपानी कुण्डको संरक्षणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्