राष्ट्रिय सभामा सांसदहरुद्वारा अध्यादेशको आलोचना
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् । राष्ट्रिय सभा बैठकमा उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।
उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताए । उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताएका छन् । उनले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताए ।
नेकपा माओवादी केन्द्रका सांसद् जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताए । उनले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले सुकुम्वासीलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको बताए ।
नेपाली कांग्रेसकी सांसद् विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली ९एनआरएन० लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छन् । उनले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गरीन् । उनले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताइन् ।
बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । उनीहरुले पाथिभाराको घटनादेखि जाजरकोट भूकम्पको राहतका मागसम्म बैठकमा राखेका छन् ।
