sevenstartv.com २१ वैशाख २०८३, सोमवार

समाजवाद ल्याउन सकिनँ भने मृत्युदण्ड दिनुस् : वामदेव गौतम

२० माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताएका छन् ।आइतबारको राष्ट्रिय सभा बैठकमा उनले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताएका हुन् । 

उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए । अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताएका छन् । अहिले अध्यादेशलेराजनीतिक माहोल तातेको भन्दै  अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।

उनले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताए।  उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्