नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि दुर्घटना भएको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराएका हुन् ।
उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए । उनले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताएका छन् । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए ।
