जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि जारी
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि जारी रहने छ । बिहान ११ बजे शुरु हुने बैठकमा बोल्न बाँकी सदस्यले ‘ब्रिफिङ’ गर्ने जनाइएको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार शुरु भएको बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल भइरहेको छ। शनिबारको बैठकमा २३ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यले आफ्नो क्षेत्रबाट भएका कामको ब्रिफिङ गरेका गरेका थिए ।
पार्टी अध्यक्ष यादव उपेन्द्र यादवले देशको समसामयिक राजनीति र पार्टीको भावी रणनीति तय गर्दै बैठक सक्ने तयारी रहेको छ ।
