माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
बैठक बिहान ११ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्ने भएको हो । नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन लगायत विषयमा निर्णय हुने एक पदाधिकारीले बताए ।
बैठकले पूर्वपश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका पनि बनाउने उनले जानकारी दिए ।
