सुर्योदय सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ
काठमाडौं । सुर्योदय सहकारी ठगी प्रकरणमा मुछिएका दुई जना पक्राउ परेका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको सो सहकारीको ठगी प्रकरणमा तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारी पक्राउ परेका हुन् ।
भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाका कार्यालयमा कस्टमर सर्भिसको कर्मचारी थिइन् । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिसकेका छैनन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरू तीन जनालाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो ।
