निलम्बन फुकुवा गरिपाऊँ भन्दै रवि लामिछानेले सभामुख घिमिरेलाई बुझाए निवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद् रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् ।
लामिछानेले शुक्रबार सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटेर निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।

