sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सिंहदरबार जाँदै रवि लामिछाने

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय जाने भएका छन् । 

संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने संसदीय दलको कार्यालयमा पुगेर सांसद्हरूलाई भेट्न लागेका हुन् । लामिछानेले आजै सभामुख देवराज घिमिरेलाई पनि भेट गर्ने भएका छन् । 

संसद् बैठक सुरु हुनुअघि सभापति लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्