sevenstartv.com २१ वैशाख २०८३, सोमवार

'युवा ऊर्जा समाज रुपान्तरणमा प्रयोग हुनुपर्छ'

१७ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको ऊर्जा सही ढंगले अग्रगामी रुपान्तरणमा प्रयोग हुनुपर्ने बताएका छन् । 

अखिल (क्रान्तिकारी) का नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन बिहीबार खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा प्रचण्डले युवा ऊर्जालाई समाजको रुपान्तरण र शैक्षिक मुद्दामा लगाउन आग्रह गरेका हुन् । विगतदेखि नै युवाहरू शैक्षिक र राजनीतिक आन्दोलनको अगुवाइ भएको भन्दै उनले नवनिर्वाचित टिमले त्यही दिशामा काम गर्ने विश्वास व्यक्त गरे ।

‘आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाइ र राजनीतिक आन्दोलनको सेवा गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु,’ कार्यक्रमपछि उनले सामाजिक सञ्जालबाट पनि सन्देश दिएका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्