'बंगलादेशको बाढी नेपालमा पस्ला होस् गरौँ'
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनतामा पनि बंगलादेश झैँ आक्रोश रहेको तर तत्काल युवा नभएकाले सडक आन्दोलन नहुने दाबी गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले नेपाली शासकहरूको सौभाग्य देशमा युवाहरू नभएकाले सडक आन्दोलन हुन नसकेको दाबी गरेका हुन् ।
‘बंगलादेशको घटनाले सबैको मनमा चिसो पसेको छ । मैले त्यसअघि नै भन्दै आएको छु । सत्ता र शक्तिमा बस्दा जे गर्दा पनि हुन्छ । सत्तामा बसेर मात्र जोगिन्छु भन्ने कुराबाट होसियार हुनुहोस्,’ उनले भने, ‘ बंगलादेशको बाढी नेपालमा पस्ला होस् गरौँ ?’
उनले नेताहरूप्रति नेपाली जनतामा व्यापक आक्रोश रहेको तर अहिले युवा नभएकाले आन्दोलन पनि नहुने बताए ।
